इन्द्रसरोवरमा स्कार्पियो दुर्घटना

मक्रान्चुली/ मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा स्कार्पियो दुर्घटना भएको छ । दुर्घटनामा परी स्कार्पियोमा सवार सबैको अवस्था सामान्य रहेको छ ।

६ जना सवार स्कार्पियो सडकबाट ५ मिटर तल पल्टिएको थियो । भारतको विहारबाट हेटौंडा हुँदै काठमाडौंतर्फ जाँदै गरेको विआर ०६ डिपी १३०१ नम्बरको स्कार्पियो इन्द्रसरोवर गाउँपालिका–४, फाखेल स्याउली बजार नजिक दुर्घटना भएको प्रहरीले जनाएको छ ।

समाचार समाज