१४ बुँदे माग राख्दै निर्माण व्यवसायीले बुझाए प्रधानमन्त्रीलाई ज्ञापनपत्र

हेटौंडा/  निर्माण व्यवसायी महासंघ मकवानपुरले १४ बुँदे माग राख्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन्।

प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवाल मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई आइतबार ज्ञापनपत्र बुझाएका हुन्। महासंघ मकवानपुरका महासचिव राजेन्द्र प्रसाद चौलागाईं सहितको टोलीले कार्टेलिङ एवं कालोबजारी गरी सिमेण्ट, डण्डी लगायतका निर्माण सामग्रीमा भइरहेको चर्को मूल्यवृद्धि विरुद्ध ज्ञापन पत्र बझाएका हुन।

ज्ञापन पत्रमा सिमेण्ट लगायतका निर्माण सामग्रीमा भएको मूल्यवृद्धि एवम् कालोबजारी, निर्माण व्यवसायीहरूको विभिन्न कारणले बाँकी अर्बौं रकमको भुक्तानी, सार्वजनिक खरिद नियमावलीको १३ औ संशोधनबाट सिर्जित म्याद थपको समस्या, राष्ट्र बैंकले ऋण लगायतमा दिएको सुविधा कटौतीबाट परेको असर लगायतको १४ वटा बुँदा रहेका छन्।

समाचार समाज