साइकल सिटी हेटौंडाको अध्यक्षमा लेखनाथ ढकाल

हेटौंडा । साइकल सिटी हेटौंडाको अध्यक्षमा लेखनाथ ढकाल चयन भएका छन् । शनिबार भैंसेमा सम्पन्न साधारण सभा तथा वनभोज कार्यक्रमबाट ढकालको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन भएको हो ।

साइकल सिटीको उपाध्यक्षमा प्रदिप थापा र महासचिव रामप्रसाद फुँयाल चयन भएका छन् । सचिवमा रनिश मानन्धर र कोषाध्यक्षमा मंगल सिंह तामाङ चयन भएका छन् । यस्तै सदस्यमा पृथ्वी रायमाझी, राजिप ठाकुर, नवीन श्रेष्ठ, मुना गिरी, गोपाल थापा र सञ्जु श्रेष्ठ चयन भएका हुन् । साधारण सभा तथा वनभोज कार्यक्रमकै अवसरमा दीपक खड्काको संयोजकत्वमा ६ सदस्यीय सल्लाहकार समिति गठन गरिएको छ । सल्लाहकार समितिको सदस्यमा रामकुमार श्रेष्ठ, जयराम चौलागाई, सुरेश स्याङ्बो, दीपक सुवेदी, केवल बानियाँ र चन्द्र मानन्धर छन् ।

साइकल संस्कृतिको विकासका लागि दीपक खड्काको संयोजकत्वमा साइकल सिटी हेटौंडाको तदर्थ समिति गठन गरिएको थियो । तदर्थ समितिका संयोजक खड्काको सभाध्यक्षमा तथा मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोद सिंह रानाभाटको प्रमुख आतिथ्यमा साधारणसभा तथा वनभोज कार्यक्रम भएको हो । उद्योग वाणिज्य संघका अध्यक्ष रानाभाटले साइकल सिटी हेटौंडाले चालेको ३ खम्बे नीति स्वास्थ्य, सरसफाइ, मनोरञ्जन सदैव साथ दिने बताए ।

समाचार समाज