असमानता विरुद्धको आवाजलाई परिणाममुखी बनाउने उद्देश्यसहित हेटौंडामा बृहत र्‍याली

हेटौँडा । असमानता विरुद्धको आवाजलाई परिणाममुखी बनाउनका लागि गैर सरकारी संस्था महासंघ बागमती प्रदेशको आयोजनामा हेटौंडामा बृहत् ¥याली निकालिएको छ। ¥याली बुद्धचोकबाट सुरू भएर कान्तिलोकपथ र स्कुलरोड हुँदै सिमाचोमा पुगेर कोणसभामा परिणत भएको थियो।

स्विट्जरल्याण्डमा हुने विश्व आर्थिक मञ्चको बैठकमा दबाब सिर्जना गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको गैसस महासंघ मकवानपुरकी अध्यक्ष रमिला सापकोटाले जानकारी दिइन्। बालबालिका, युवा, महिला, मधेशी, आप्रवासी कामदार, मजदुर, साना किसान, लैङ्गिक तथा यौनिक समुदाय र विपद् पीडितहरूको असमानताविरुद्ध एकीकृत आवाज उठाउँदै सातै प्रदेशमा गैससको आयोजनामा यो कार्यक्रम गरिएको गैसस बागमती प्रदेशका कार्यवाहक अध्यक्ष कमल विश्वकर्माले बताए ।

कार्यक्रममा विभिन्न मागहरू सहित ¥याली निकालिएको थियो, जसमा पेरिस सम्झौतासमेत लागू गर्न, जलवायु संकट समाधान गर्न, सम्पत्ति कर लगाउन र आधारभूत आवश्यकता पूरा गर्ने योग्य ज्याला सुनिश्चित गर्नका लागि आवाज उठाइएको थियो।

कार्यक्रममा महासंघका केन्द्रीय सचिव बुद्धशरण लामा, राष्ट्रिय मानव अधिकार आयोग बागमती प्रदेश प्रमुख पवन कुमार भट्ट, नेपाल पत्रकार महासंघ मकवानपुर अध्यक्ष बालकृष्ण अधिकारी लगायतका व्यक्तिहरूको उपस्थिति थियो।

समाचार