हेटौंडा-१२ मा बाघ देखापर्यो

 हेटौंडा । शुक्रबार बिहान हेटौंडा १२ रमनटारमा पाटे बाघ देखापरेको छ ।

हेटौंडा १२को रमनटारको कोत्रा कबुलियत वन क्षेत्रमा बाघ देखिएको स्थानीय कुमार पोखरेलले बताएका छन्।बिगत केही महिनादेखि हेटौंडा १२ र १३ मा बाघ देखापर्दे आएको छ ।

केही देनि अघि सोही क्षेत्रमा आएर बाघले मृग खाएको बुझिएको छ। सो क्षेत्र नजिकै पर्सा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्दछ। यस अघि अघिल्लो साता मकवानपुरको मनहरी ५ वसन्तपुरमा बाघले स्थानीय एक महिला र ७ वटा बाख्रा मारेको थियो। करिब दुई दिनको प्रयासपछि सो बाघलाई नियन्त्रणमा लिइएको थियो ।

 

समाचार