दिनदहाडै खुलम खुल्ला मसाज सेन्टरको नाममा देह ब्यपार गर्दै ब्लु ओसिन स्पा सेन्टर

हेटौंडा उपमहानगरपालिका ४ कान्तिराजपथमा रहेको ब्लु ओसिन स्पा सेन्टरमा मसाजको नाममा  यौन जन्य क्रियाकलाप समेत गर्ने गरेको पाइएको छ ।

स्पा सेन्टरमा यौन धन्दा हुने गरेको तथ्य बाहिरिए पछि प्रहरी प्रशासनले डान्सवार दोहोरी क्ल्ब स्पा संचालकहरुलाई बोलाई वडा प्रहरी कार्यलयमा छलफल राखिए पनि प्रहरीको निर्देशनलाई समेत हवला दिदै ब्लु ओसिन स्पा सेन्टरले यौनजन्य क्रियाकलाप लाई नियमित गरेको हो ।

हेटौंडा १० टिसिएन रोडमा समेत स्पा सन्चालन गरेका सन्चालकले हेटौंडा ४ कान्तिराजपथमा कुमारी बैक रहेको भवनमा समेत स्पा सन्चालन गरेका हुन । ब्लु ओसिन स्पा सेन्टरमा तीन जना महिला कर्मचारी रहेको र स्पा बिहान १० बजे बाट राती ८ बजे सम्म सन्चलन गर्ने गरेको संचालकले बताए ।

कान्तिराजपथमा रहेको ब्लु ओसिन स्पा सेन्टरमा देह ब्यपार हुने गरेको पाइएपछि मकवानपुर प्रहरिले निगरानी बढाएको प्रहरी श्रोतको दाबी रहेको छ । दिनदहाडै खुलम खुल्ला मसाज सेन्टरको नाममा देह ब्यपार हुने गरेको पाइएको हो ।

समाचार