कस्तो रहला दिनभरको मौसम ?

मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको र त्यसको प्रभावले कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको जनाएको छ ।

महाशाखाका अनुसार, हाल तराईका धेरै भूभागहरूमा हुस्सु तथा कुहिरो रहेको छ । आज दिउँसो हिमाली क्षेत्रमा आंशिक बदली रहने सम्भावना रहेको छ भने पहाडी क्षेत्रमा आंशिक बदली रहने सम्भावना रहेको छ ।

तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको छ । राति हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली रहने जनाइएको छ ।

बिहानको समयमा धेरै स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको भन्दै महाशाखाले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ ।

समाचार