कैलाशको चेली प्रोत्साहन कार्यक्रम: ९ चेली सम्मान

हेटौंडा ।  मकवानपुरको कैलाश गाउँपालिकाले ९ जना चेलिलाई सम्मान गरेको छ ।

पालिकाले चेलि प्रोत्साहन कार्यक्रम अन्तर्गत मंगलबार सम्पन्न १५ औ अधिवेशन मार्फत ९ जना चेलिलाई सम्मान गरेको हो। पालिकाको बार्षिक नीति तथा कार्यक्रममा समाबेश भएका कार्यक्रम अन्र्तगत २० हजार रुपैंया नगद र सम्मानपत्र सहित अम्बिका अर्याल, अनिता रुम्बा, कैलाश ९ कि कल्पनामाया घलान, कैलाश ९ कि सविना रुम्बा, वडा नम्बर ६ कि हिरा मुक्तान, वडा नम्बर ९ कि देवकी वर्ताैला, वडा नम्बर १० कि लक्ष्मी ब्लाेन, वडा नम्बर शान्ति तितुङ र  वडा नम्बर १० कि अबिगेल प्रजालाई सम्मान गरिएको हो ।

सम्मानित चेलीहरूलाई गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तान र उपाध्यक्ष बालकुमार मल्ल ठकुरीले नगद सहित सम्मान गरेका हुन्  ।

गाउँपालिका अध्यक्ष मुक्तानले विवाह अघि कम्तिमा पनि १० जोड २ पास गर्नुपर्छ र २० बर्ष पूरा हुनुपर्छ भन्ने सन्देश दिनका लागि प्रोत्साहन कार्यक्रम राखिएको बताए । पालिकाका उपाध्यक्ष ठकुरीले कार्यक्रमलाई  निरन्तरता दिदै यस आर्थिक वर्षमा ४ लाख विनियोजन गरेको बताए । उनले २० बर्ष पूरा भएपछि मात्र विवाह गर्न चेतना फैलियाेस र परिपक्व भएपछि मात्र विवाह गर्नुपर्छ भन्ने सन्देश दिन याे कार्यक्रम आयाेजना गरिएकाे बताए  ।

पालिकाले प्रत्येक ६/६ महिनामा अधिवेशन मार्फत चोली प्रोत्साहन गर्दै आएको छ। पालिकाले आर्थिक वर्ष २०८०/२०८१ देखी कार्यक्रमलाई नीति तथा कार्यक्रममा समावेश गरी कार्यान्वयनमा ल्याएको हो ।

समाचार