कैलाशको चालु बजेट संशोधन, बजेट २९ करोड ६७ लाख पुग्यो

 हेटौंडा। मकवानपुरको विकट मानिएको कैलाश गाउँपालिकाले आर्थिक वर्ष २०८१/०८२  को लागि २ करोड ३० लाख रुपैयाँ  थप आयव्यय अनुमान सहित चालू  बजेट संशोधन गरेको छ । मंगलबार सम्पन्न १५  औ गाउँसभाले  २ करोड ३० लाख २४ हजार रुपैयाँ थप अनुमानसहित बजेट संशोधन गरेको हो। गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानको अध्यक्षतामा  सम्पन्न गाउँसभाले गाउँपालिकाको चालू आर्थिक वर्षको लागि २७ करोड ३७ लाख रुपैयाँको बजेट विनियोजन गरेकोमा  मंगलबारको  १५ औँ गाउँसभाले बजेट संशोधन गरेको हो।

संशोधन सहित गाउँपालिकाले बजेट २९ करोड ६७ लाख ४४ हजार रुपैयाँ बनाएको हो । गाउँसभाको बैठकमा उपाध्यक्ष बालकुमार मल्लले बजेट संशोधन, परिमार्जन, रकमान्तर तथा थप गर्नका लागि प्रस्ताव पेश गरेकोमा गाउँसभाबाट सर्वसम्मतिले पारित गरिएको हो । गाउँसभाबाट चालुतर्फको ८ वटा योजनामा थप बजेट र ६ वटा नयाँ योजनामा ३४ लाख ६३ हजार रुपैयाँ बजेट थप गरिएको छ ।

त्यसैगरी पुँजीगततर्फ ३४ वटा योजनामा बजेट थप गरिएको छ भने २९ वटा नयाँ योजना थपिएका छन् । पुँजीगततर्फ ३५ करोड २० लाख ५ हजार रुपैयाँ बजेट थप गरिएको छ । गाउँसभाबाट चालुतर्फ २५ वटा योजनाको रकमान्तरण गरिएको छ भने पुँजीगततर्फ १४ योजनाको रकमान्तरण गरिएको छ ।

गाउँसभाबाट खानेपानी सरसफाई ऐन र पशु स्वास्थ्य तथा पशु सेवा ऐन पारित गरिएको छ । ३ वटा ऐन संशोधन गरिएकोमा २७ वटा कार्यविधि संशोधन गरिएको छ । त्यसैगरी गाउँसभाले शिक्षक, स्वास्थ्यकर्मी, कृषक, विद्यार्थी, विद्यालय, कर्मचारी सहित नयाँ पत्रिका मकवानपुर संवाददाता पोष्टराज अधिकारीलाई नगद सहित सम्मान गरेको छ। साथा चेली प्रोत्साहन कार्यक्रम अन्तर्गत ९ जना चेलिलाई नगद २० हजार सहित सम्मान गरेको थियो ।

गाउँपालिकाले १५ औ हिउँदे अधिवेशन मार्फत सम्मानित गरेको व्यक्तिहरु

 

Screenshot_20250128_22580-1738084494.jpg
प्रष्ट खबर
समाचार