नेकपा एमालेका सचिव योगेश कुमार भट्टराई आज हेटौंडा आउँदै छन् । शनिबार हुने प्रेस चौतारी नेपाल मकवानपुरको दशौँ अधिवेशनको उद्घाटन गर्न भट्टराई हेटौंडा आउन लागेका हुन् ।
दशौं अधिवेशन कार्यक्रममा प्रमुख आतिथ्यताको भूमिकामा सचिव भट्टराई हेटौंडा आउन लागेको प्रेस चौतारी नेपाल मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीले जानकारी दिए । शनिबार हुने अधिवेशनले प्रेस चौतारी मकवानपुरको नयाँ कार्यसमिति समेत चयन गर्नेछ ।
अधिवेशन गैर सरकारी संस्था महासंघ मकवानपुरको सभाहलमा हुनेछ । कार्यक्रममा प्रेस चौतारी नेपालका सचिव विष्णु तारुके, महासचिव हिरामान लामा लगायत जिल्लाका नेताहरुको समेत उपस्थिति रहने जनाइएको छ ।