हेटौंडा-५ मा मोटरसाइकल दुर्घटना, ४ जना घाइते

हेटौंडा । कान्तलोकपथ अन्तरगत हेटौंडा-५ क्याम्पडाँडा नागदह नजिकै सडकखण्डमा भएको मोटरसाइकल दुर्घटनामा ४ जना घाइते भएका छन् ।घाइते हुनेमा एक बालिका, एक महिला र दुई पुरूष रहेका छन् । उनीहरूलाई उद्धार गरि हेटौंडा अस्पताल पठाएको प्रहरीले जनाएको छ ।

हेटौंडाबाट चौघडातर्फ जाँदै गरेको ना१७प ४३३४ नम्बरको मोटरसाइकल र विपरित दिशातर्फ आउँदै गरेको ना ४६प २३६१ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाएको प्रहरीले जनाएको छ । दुर्घटनामा २३६१ नम्बरको मोटरसाइकल चालक हेटौडा १७ का ३५ वर्षीय रामहरि राई रहेको र अर्को मोटरसाइकलमा सवार सबै हेटौंडा १७ कै रहेको बुझिएको छ। घाइतेको हेटौंडा अस्पतालमा उपचार भइरहेको जनाइएको छ।

समाचार