मौसम सफा रहने

हेटौंडा । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।
देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। तराईका थोरै स्थानहरूमा हल्का हुस्सु र कुहिरो लागेको छ ।
कोशी प्रदेशको पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना साथै देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । अन्यत्र मौसम सफा रहनेछ ।
बिहानीपख तराईका भू-भागहरूमा हुस्सु/कुहिरो लाग्ने सम्भावना रहेको छ।

समाचार