हेटाैँडा । बचतकर्ताको रकम हिनामिना गरेको भन्दै बागमतीका आठ सहकारीको फाइल नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा पठाइएको छ । प्रदेशको सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गतको सहकारी महाशाखाले बचतकर्ताको रकम फिर्ता नगरी हिनामिना गरेको भन्दै आठ सहकारी संस्थालाई अनुसन्धानका लागि सीआईबीमा पठाएको हो ।
बतकर्ताहरुले उजुरीका आधारमा ति सहकरीहरुलाई अनुसन्धानका लागि सीआईबीमा पठाएको महाशाखाले जनाएको छ । महाशाखाले मञ्जुश्री बचत तथा ऋण सहकारी संस्था लिमिटेड काठमाडौं, झिंगु समाज बचत तथा ऋण सहकारी संस्था लिमिटेड भक्तपुर, मुकुल बचत तथा ऋण सहकारी संस्था लिमिटेड बनेपा, डिलाइट बहुउदेश्यीय सहकारी संस्था लिमिटेड ललितपुर, नवजीवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड भक्तपुर, फलफूल बचत तथा ऋण सहकारी संस्था लिमिटेड काठमाडौं, सिटी बचत तथा ऋण सहकारी संस्था लिमिटेड ललितपुर र पशुपती बचत तथा ऋण सहकारी संस्था लिमिटेड भक्तपुरलाई अनुसनधानको लागि सीआईबीमा पठाइएको हो ।
बचतकर्ताको उजुरीका आधारमा समस्या देखिएका उक्त सहकारीहरुलाई पटक पटक छलफलमा बोलाउँदा उपस्थित नहुने, महाशाखाको निर्देशन अटेर गर्ने, बचत फिर्ता नगर्ने, बचत फिर्ताको कार्ययोजना पेश नगर्ने लगायतका गतिविधीका कारण अनुसन्धानका लागि सीआईबीमा पठाइएको महाशाखाका रजिष्टार कुमार तामाङले जनकारी दिए ।
‘प्रदेश सहकारी ऐन ०७६ को दफा २० मा सहकारीको मूल्य मान्यता सिद्धान्त पालना गर्नुपर्ने व्यवस्था छ । तर ति सहकारी संस्थाहरुले कुनै पनि नियम पालना नगरेको र सहकारी महाशाखाले कुनै पनि छलफल तथा बचत फिर्ताको लागि पत्राचार गरिहरन नपर्ने देखिएपछि ती सहरकारीको फाइल सीआईबीमा पठाइएको हो,’ उनले भने ।
उनका अनुसार सीआईबीमा पठाइएका आठ वटै सहकारीका बचतकर्ताहरुले आफ्नो बचत रकम फिता मागेपनि दिन आलटाल र विभिन्न वाहनाबाजी गरेपछि ती सहकारीको फाइल अनुसन्धानका लागि सिआईबीको जिम्मा लगाइएको हो ।
मकवानपुरबाट नयाँ पत्रिकाका लागि पोष्टराज अधिकारीले लेखेको समाचार सामाग्री हामीले साभार गरेका हौँ ।