प्रेस सेन्टर नेपाल बागमती प्रदेश समितिको नेतृत्वमा अधिकारी

हेटौंडा । प्रेस सेन्टर नेपाल बागमती प्रदेश समितिको पाँचौ अधिबेशनबाट सर्वसम्मत रुपमा मकवानपुरका ध्रुव अधिकारी चयन भएका छन् । सिन्धुपाल्चोकमा सम्पन्न अधिवेशनले अधिकारीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।

सेन्टरको उपाध्यक्ष खुलामा राजन अधिकारी, उपाध्यक्ष समावेशीमा गौतम जिरेल, उपाध्यक्ष महिलामा अन्जली तामाङ, महासचिवमा नवीन श्रेष्ठ, सचिव खुलामा सुमन गैरे, सचिव खुलामा मणि सुन्दर कोइराला, सचिव जनजातिमा रोजन तामाङ, सचिव महिलामा भावना रिजाल, सचिव दलितमा गम्भीर विक, कोषाध्यक्षमा( राजेन्द्र गजुरेल, लेखा संयोजकमा बाल गोविन्द न्यौपाने, अनुशासन संयोजकमा मिना श्रेष्ठ लगायतका चयन हुनु भएको छ ।

समाचार