राष्ट्रियसभाको बैठक आज दिउँसो बस्दै

राष्ट्रियसभाको बैठक आज दिउँसो बस्दैछ । बैठक दिउँसो १:१५ बजे बस्ने भएको हो ।

बैठकमा प्रधानमन्त्री ओलीले लोकसेवा आयोगको आर्थिक वर्ष २०८०/८१ को ६५ औँ वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउन प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

राजनीति समाचार