आज देशैभर बदली रहने

मौसम पूर्वानुमान महाशाखाले आज देशैभर मौसम बदली रहेको र तराई–मधेशका केही ठाउँमा हुस्सु र कुहिरो लागेको जनाएको छ ।

महाशाखाका अनुसार, आगामी २४ घण्टाका लागि देशका ६ वटा प्रदेशमा वर्षा र हिमपातको सम्भावना रहेको छ भने मधेश प्रदेशमा मौसम आंशिक रुपमा बदलिएको भए पनि वर्षाको सम्भवना छैन ।

पश्चिमी वायुका साथै पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभावका कारण मौसम बदली भएको हो । यस्तै, आज दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशलगायत बाँकी पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रहेको छ ।

लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थान तथा देशका बाँकी प्रदेशका पहाडी भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

समाचार