हेटौंडामा लागू औषध सहित ३जना पक्राउ

हेटौंडाको विभिन्न स्थानबाट लागुऔषध सहित ३ जना पक्राउ परेका छन् ।

मकवानपुर प्रहरीले हेटौंडा १७ बाट २  किलो २९० ग्राम लागुऔषध गाँजासहित मकवानपुरगढी ८ का ५३ वर्षीय सोम बहादुर घिसिङलाई पक्राउ गरेको हो। उनलाई धरान चतरा सडकखण्ड अन्तर्गत हेटौंडा १७ बाट अस्थायी प्रहरी पोष्ट हटियाको प्रहरी टोलीले पक्राउ गरेको हो।

त्यसैगरी हेटौंडा १५ रातोमाटेबाट ११८९ ट्याब्लेट लागुऔषध नाईट्राभेट  सहित २ जनालाई पक्राउ गरेको छ। शनिबार राति  हेटौडा १५ स्थित रातोमाटे चेकपोष्ट अगाडी सडकखण्डमा सवारी साधनहरु रोकी चेकजाँच गर्ने क्रममा बिरगंजबाट काठमाण्डौतर्फ जादैं गरेको ना ६४ प ३१७६ नम्बरको स्कुटरबाट उक्त परिमाणको लागूऔषध सहित स्कुटर चालक  भक्तपुर चागुनारायण ०८ बस्ने  २६ वर्षीय प्रेम प्रसाद दाहाल र सोही स्कुटरको पछाडी सवार सोही स्थान बस्ने २२ वर्षीया निकिता पुडासैनीलाई पक्राउ गरिएको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जनाएका छन् ।

उनीहरूमाथि शंका लागी रितपुर्वक खोजतलास गर्दा लागूऔषध फेला पारिएको जनाइएको छ। दुवै घटनामा पक्राउ परेलाई अदालतबाट म्याद थप गरि आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।

समाचार