दुर्घटनाका घाइतेको निःशुल्क उपचार गर्न सांसदहरूको माग

काठमाण्डाै – अहिले प्रतिनिधिसभाको बैठक बसिरहेको छ । सांसदहरूले बैठकमा गाडी दुर्घटना, पालिकामा रिक्त रहेका प्रमुख प्रशासकीय अधिकृत, पाथीभरा क्षेत्रको तनावलगायतका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

सांसद रामहरि खतिवडा र देवेन्द्र पौडेलले सडक दुर्घटना न्यूनीकरणका लागि आवश्यक कदम चाल्न आवश्यक भएको र घाइतेको निःशुल्क उपचार गर्न माग गर्नुभयो । सांसद पौडेलले राति दुर्घटना हुँदा घाइतेको उद्धार गर्न सरकारसँग ‘नाइटभिजन’ हेलिकप्टर नहुनु दुःखद भएको बताउनुभयो ।

त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले गाउँमा सिंह पुगेका तर दरबार नपुगेको बताउनुभयो । उहाँले काठमाण्डौ महानगरको उदाहरण दिँदै प्रमुख प्रशासकीय अधिकृत नपठाउँदा कर्मचारीको तलब रोकिएकोतर्फ ध्यानाकर्षण गराउनुभयो ।

आजको बैठकमा आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल हवाई सेवा प्राधिकरण विधेयक २०८१ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । यस्तै मन्त्री पाण्डेले ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक २०८१ र नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक २०८१ प्रस्तुत गर्ने तथा नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक २०८१ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

त्यसैगरी सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले राष्ट्रियसभामा उत्पत्ति भएको आमसञ्चार परिषद् विधेयक २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

समाचार स्वास्थ्य