हेटौंडामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

हेटौंडामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । हेटौडा उपमहानगरपालिका वडा नम्बर–६ सल्लाघारी नजिकै भित्री सडकखण्डमा रामनगर तर्फबाट हात्तिलेट तर्फ आउँदै गरेको ना ५४ प १८७६ नंबरको मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको हो ।

मोटरसाइकलको ठक्करबाट गम्भिर घाइते भएका हेटौडा ६ रामनगर बस्ने ६१ वर्षिय कमल बहादुर बोहोरालाई ठक्कर दिइ घाइते बनाएकोमा उपचारका क्रममा भरतपुरमा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक श्यामु अर्यालले बताए । ठक्कर दिने चालक र मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

समाचार