मकवानपुरको मनहरीमा दुर्घटना:बेहुलाबेहुली सहित ५ घाइते

मकवानपुरको मनहरीमा जन्ती बोकेको कार र नाइट बस ठक्कर खाई दुर्घटना हुदा बेहुला बेहुली सहित ५ जना घाइते भएका छन्।  बुधबार बिहान पूर्वपश्चिम राजमार्ग अर्न्तगत मकवानपुरको मनहरी गाउँपालिका—६ सुनाचुरीमा बस र कार ठोक्किँदा बेहुला र बेहुलीसहित पाँच जना घाइते भएको मकवानपुर प्रहरीले जनाएको छ ।

विराटनगरबाट काठमाडौंतर्फ जाँदै गरेको बिएबी ११४७ नम्बरको कार र काठमाडौंबाट वीरगन्जतर्फ जाँदै गरेको बागमती प्र ०१—००६ ख ५७७३ नम्बरको बस बुधबार बिहान ठोक्किँदा कारमा सवार बेहुलाबेहुली सहित ५ जना घाइते भएका हुन् ।

घाइते हुनेमा बेहुला काभ्रे पनौती नगरपालिका—१० का २८ वर्षीय यसबराज अधिकारी, बेहुली २२ वर्षीया श्रद्धा दाहाल, त्यसैगरी २३ वर्षीया पुष्पा अधिकारी, २३ वर्षीय त्रिशु थापा र कार चालक यतिराज अधिकारी रहेका छन् । घाइतेहरुको उपचारको लागि भरतपुर पठाइएको प्रहरीले जनाएको छ । विराटनगरमा विवाह गरेर काभ्रेतर्फ बेहुली लिएर फर्कने क्रममा दुर्घटना भएको हो।दुर्घटना हुँदा दुवै सवारी साधनमा क्षति भएको छ ।

समाचार