घरबाट आफूखुसी निस्केका नेसुरको शव बागमती किनारमा भेटियो

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ३ बस्ने एक युवकको शव बागमती नदी किनारमा भेटिएको छ।

मकवानपुर इन्द्रसरोवर ३ दोभान बस्ने अन्दाजी ३५/३६ वर्षीय श्याम नेसुरले आफुखुसी घर छोडि हिडेकोमा र खोज्ने क्रममा उनको मृत अवस्थामा शव बागमती नदी किनारमा भेटिएको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जनाएका छन्।घटनास्थल उनको घर भन्दा करिब २ किलो पर रहेको छ।

ईन्द्रसरोवर ३ दोभान स्थित बागमती नदिको विचमा ढुङगामा अल्झेरको अवस्थामा एक व्यक्तिको शव रहेको भन्ने खबर प्राप्त हुनासाथ सिस्नेरी प्रहरी चौकी र इलाका प्रहरी कार्यालय भिमफेदीकी प्रहरी निरीक्षक ललिता ढकाल नेतृत्वको प्रहरी टोली पुगेर हेर्दा शव नेसुरको भएको पत्ता लागेको प्रवक्ता अर्यालले बताएका छन् । शव पोस्टमार्टमका लागि हेटौंडा अस्पताल ल्याइएको र घटनाको आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।

समाचार