सालकको खपटासहित दुईजना पक्राउ

प्रहरीले काठमाडौंको बालाजुबाट सालकको खपटासहित दुईजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा खोटाङको दिप्रुङ चुइचुम्पा गाउँपालिका–२ का २९ वर्षीय उमेश तामाङ र सिन्धुलीको तिनपाटन गाउँपालिका–६ का ३० वर्षीय मोहन पुलामी मगर छन् ।
तामाङले बोकेको झोलाभित्र सालकको खपटा फेला पारेको र उनीहरूलाई थप अनुसन्धानका लागि डिभिजन वन कार्यालय काठमाडौं पठाएको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ ।

समाचार