टिपरको ठक्करबाट तीन जनाको मृत्यु

काठमाडौंको शंकरापुरमा टिपरको ठक्करबाट तीन जनाको मृत्यु भएको छ । शंकरापुर नगरपालिका–६ सलम्बुटारस्थित बालबालिकाहरूको आश्रयस्थलमा टिपर छिरेर ठक्कर  दिंदा तीन जनाको मृत्यु भएको हो । टिपरको ठक्करबाट मृत्यु हुनेमा दुईजना बालक र एक वृद्ध गरी तीनजना छन् । उनीहरू आकाश र सुमन नामका बालक र वृद्ध हरिजन रहेको जनाइए पनि स्पष्ट पहिचान खुलेको छैन ।

द्वन्द्वपीडित तथा अपाङ्ग समाज नेपाल (सीभीडीएस)ले सञ्चालन गरेको आश्रयस्थलको टहराभित्र बिहीबार मध्यराति बा २ क ६५८० नम्बरको टिपर छिरेको काठमाडौं प्रहरीले जनाएको छ ।

 

समाचार