पत्रकार महासंघ बागतमी प्रदेश समितिद्वारा पत्रकार सहायता कक्ष स्थापना

मकवानपुर । नेपाल पत्रकार महासंघ बागतमी प्रदेश समितिले पत्रकार सहायता कक्ष स्थापना गरेको छ । समितिको दोश्रो पुर्ण बैठकले महासचिव राधेश्याम खतिवडाको संयोजकत्वमा पत्रकार सहायता कक्ष स्थापना गरेको हो ।

प्रदेश भित्र रहेका पत्रकारहरुलाई आइपर्ने समस्या समाधानका लागि तत्काल समन्वय, सहकार्य र सहयोग गर्ने उद्देश्यले पत्रकार सहायता कक्ष स्थापना गरिएको समितिका अध्यक्ष कृष्ण सारु मगरले जानकारी दिनुभयो ।

पत्रकार सहायता कक्ष संचालन र व्यवस्थापन गर्न महासचिव खतिवडाको संयोजकत्वमा सचिव श्याम प्रसाद खतिवडा र काजी श्रेष्ठ रहनेगरी जिम्वेवारी तोकिएको छ । पेशागत कर्मका क्रममा केही समस्या आइपरेमा महासचिव राधेश्याम खतिवडा ९९८४५०२३६१२० सचिव श्याम प्रसाद खतिवडा ९ ९८५११५४२५२० काजी श्रेष्ठ ९ ९८५११८२३१३० मा सम्पर्क गर्न सकिने व्यवस्था मिलाइएको अध्यक्ष मगरले बताउनुभयो ।

‘‘तत्काल आइपर्ने समस्या समाधानका लागि सम्पर्क समन्वयमा सहजात रहोस भन्ने उद्देश्यका साथ पत्रकार सहायता कक्ष स्थापना गरिएको हो ।” अध्यक्ष मगरले भन्नुभयो ‘‘पत्रकारका समस्या समाधानका लागि महासंघ संधै साथमा छ ।”

समाचार समाज