हेटौंडा । मकवानपुर बहुमुखी क्याम्पस, स्ववियु निर्वाचनमा विद्यार्थी संगठनहरुले आफ्ना उम्मेदवारहरुको मनोनयन गरेका छन् ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको तर्फबाट प्रशिद्ध रेग्मी, नेपाल विद्यार्थी संघका सागर घिमिरे, अखिल क्रान्तिकारीका तर्फबाट छोइसाङ लामा र स्वतन्त्र उम्मेदवार पुष्कर घिमिरेले अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् ।
त्यसैगरी सचिवमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनका तर्फबाट जस्प्रीता अधिकारी, नेपाल विद्यार्थी संघको तर्फबाट उत्सव ढुंगाना र अखिल क्रान्तिकारीबाट दिपेश कार्कीले उम्मेदवारी दिएका निर्वाचन समितिले जनाएको छ ।
त्यसैगरी, कोषाध्यक्षमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनबाट निर्दोश लुइटेल, नेपाल विद्यार्थी संघ मनिषा घिमिरे र अखिल क्रान्तिकारीबाट अमन राय प्रतिस्पर्धामा छन् ।
निर्वाचन समितिका अनुसार, विभिन्न संघसंगठनका तर्फबाट २४ जनाले सदस्य पदका लागि उम्मेदवारी दर्ता गराएका छन् ।