एसईई दिएर पौडी खेल्न गएका परीक्षार्थीको डुबेर मृत्यु

हेटौंडा । दोलखाको बिगु गाउँपालिका-२ जगतमा एसईई दिएर पौडी खेल्न गएका परीक्षार्थीको तामाकोशी नदीमा डुबेर मृत्यु भएको छ।
मृत्यु हुनेमा बिगु गाउँपालिका-२ ओराङका १७ वर्षीय प्रवीन तामाङ रहेका छन् । देउलाङ्गेश्वर माविमा अध्ययनरत छात्र तामाङ गाउँपालिकास्थित गौरीशंकर माविमा एसईई दिन आएका थिए ।
कोठा भाडामा लिई बसेका तामाङ बिहीबार परीक्षा दिएर साथीसँग नुहाउन भनी तामाकोशीमा गएको र पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

समाचार