तेस्रो कैलाश उपाध्यक्ष कप भलिबल चैत्र १६ देखी

हेटौंडा । प्रत्येक वर्ष कैलाश गाउँपालिकाले आयोजना गर्ने उपाध्यक्ष कप भलिबल प्रतियोगिता यस वर्ष चैत १६ गतेदेखि हुने भएको छ।

कैलाश खेलकुद विकास समितिको आयोजनामा हुन लागेको तेस्रो उपाध्यक्ष कप भलिबल प्रतियोगिता २०८१ चैत  १६ गते देखी हुने भएको हो।कैलाश खेलकुद विकास समितिले प्रतियोगितामा सहभागिताको लागि दर्ता आवेदन खुला गरिएको छ । चैत्र १३ गते सम्ममा शिक्षा, युवा तथा खेलकुद शाखामा आफ्नो टिम दर्ता गर्न समितिले. अनुरोध गरेको छ ।

प्रतियोगिता चैत्र १६ देखी १८ गते सम्म सञ्चालन हुने समितिका संयोजक मोहन वाईवाले बताएका छन् ।

प्रतियोगितामा विजेताले ७५ हजार नगद सहित शिल्ड मेडल र प्रमाण पत्र प्रदान गरिनुका साथै उपविजेताले ५० हजार नगद सहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्ने वाईवाले बताए । विधागत रुपमा खेलाडीलाई ट्रफि प्रदान गरिनेछ । सहभागि खेलाडी सम्बन्धित वडाको हुनुपर्ने र १६ वर्ष माथिको खेलाडीले नागरिकता, १६ वर्ष मुनिका खेलाडीले जन्मदर्ता अनिवार्य पेश गरिनुपर्ने उनले बताए । एक टिममा १० खेलाडी, कोच, म्यानेजर र अफिसियल गरी १५ जनाको  हुनुपर्ने र उनीहरुको खाना र आवासको समितिले व्यवस्थापन गरिएको वाईवाले बताए । कैलाश ३ कालिकाटार खेल मैदान हुने प्रतियोगिताको खेल तालिका चैत १४ गते दिउँसो ३ बजे सार्वजनिक गरिने वाईवाले बताएका छन् ।-प्रष्ट खबर

खेलकुद