कुलमान हटाएकोमा कांग्रेस महामन्त्रीहरूको आपत्ति

हेटौंडा । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरेको निर्णयप्रति नेपाली कांग्रेसका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले आपत्ति जनाएका छन् ।
सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई पदबाट बर्खास्त गरेको प्रति उनीहरूले आपत्ति जनाएका हुन् ।

उनीहरूले सरकारको निर्णय ठिक नभएको बताएका छन् । महामन्त्री थापाले मन्त्रीहरूले बाटो बिराउँदा प्रधानमन्त्रीले सम्हाल्नुपर्ने भए पनि यस्तो नभएको भन्दै दुःख व्यक्त गरेका छन् ।
महामन्त्री शर्माले कुलमानलाई बाँकी पदावधि काम गर्न दिन र नहटाउन आन्तरिक र सार्वजनिक रुपमै सरकारलाई सजग गराइएको तर हटाएकोप्रति आपत्ति जनाएका छन् ।
सरकारले कुलमानलाई हटाएर हितेन्द्रदेव शाक्यलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

राजनीति समाचार