क्षयरोगका विरामीलाई उपमहानगरको सम्मान

विश्व क्षयरोग दिवस ‘मार्च २४’को सन्दर्भमा हेटौंडा उपमहानगरपालिका क्षेत्रमा रहेर नियमित औषधि सेवन गरिरहेका १० जना बिरामीलाई सम्मान गरिएको छ ।

उपमहानगरपालिका क्षेत्रमा रहेर नियमित औषधि सेवन, जाँच र नियमअनुसार उपचार पूरा गरेका १० जनालाई पोषणयुक्त खानेकुरा र यातायात खर्चसहित सम्मान गरिएको हेटौंडा उपमहानगरपालिका स्वास्थ्य शाखाका प्रमुख सूर्यप्रसाद तिवारीले जानकारी दिए । उनका अनुसार बिरामीसहित नगर क्षेत्रमा रहेका स्वास्थ्य संस्था मध्य बिरामीको तथ्याङक दुरुस्त राखेको भन्दै शहरी स्वास्थ्य केन्द्र हेटौंडा–११ का प्रमुख मीनाकुमारीलाई सम्मान गरिएको छ ।

उनीहरुलाई हेटौंडा उपमहानगरपालिकाका मेयर मीनाकुमारी लामाले पुरस्कार तथा सम्मान प्रदान गरेकी हुन् । ‘हो हामी क्षयरोग अन्त्य गर्न सक्छौं, लगानीको प्रतिवद्धता र सेवा प्रवाहको सुनिश्चितता आजको आवश्यकता’ भन्ने नाराका साथ यस वर्षको क्षयरोग दिवस मनाइएको छ । स्वास्थ्य शाखाको तथ्याङ अनुसार उपमहानगर क्षेत्रबाट ५ वटा केन्द्र मार्फत खकार जाँच हुने गरेको छ । चालु आर्थिक वर्षको फागुन मसान्त सम्म २०७ जना बिरामी दर्ता रहेका छन् ।

क्षयरोग परीक्षणका लागि जिनरिपोर्ट जाँच भने हेटौंडा अस्पतालमा हुने गरेको छ । सम्मान कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भरत गौतमसहित उपमहनगर क्षेत्रका विभिन्न स्वास्थ्य केन्द्रका प्रमुखहरुको सहभागिता रहेको थियो ।

 

समाचार