मकवानपुरमा बस र म्याजिक ठोकियो, एक जनाको मृत्यु

हेटौंडा । मकवानपुरमा बस र म्याजिक ठोकिदा  एक जनाको मृत्यु भएको छ ।

मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर–६ लोथर बजारस्थित पुर्व पश्चिम सडक खण्डमा चितवनबाट हेटौडा तर्फ आउदै गरेको बा प्र ०३–००६ ख ५६८१ नबरको बस र मनहरीबाट चितवन तर्फ जादै गरेको बा प्र ०३–००१ च ३०१२ नंबरको म्याजिक एक आपसमा ठक्कर खाई दुर्घटना हुदा एक जनाको मृत्यु भएको हो ।

म्याजिक गाडी चालक मकवानपुर राक्सिराङ गाउँपालिका वडा नम्बर–४ बस्ने ३२ वर्षिय सन्देश कोईरालाको उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइतेको चितवनमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

समाचार