मकवानपुरगढीमा चितुवा र बाघको ‘मुभमेन्ट’, सतर्क रहन आग्रह

हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नम्बर ५ र ६ र आसपासको वडामा बिगत केही दिनदेखि चितुवाको मुभमेन्ट देखिएकोले सतर्क रहन स्थानीय आग्रह गरिएको छ ।

सब-डिभिजन वन कार्यालय मकवानपुरगढीले आधिकारिक फेसबुक मार्फत बिगत केहीदिन देखी मकवानपुरगढीका क्षेत्रमा चितुवा र बाघको मुभमेन्ट देखापरेकोले बिहान बेलुका एक्लै हिँडडुल गर्दा सचेत रहन अनुरोध गरेको हो ।

समाचार