मकवानपुरगढीमा अटोमा ढुंगा खस्दा चालक गम्भिर घाइते

हेटौंडा। कान्तिलोकपथ अन्तर्गत मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा वडा नम्बर २ गंगेभिरमा गुडिरहेको अटो माथि ढुङ्गा खस्दा हेटौंडा ८ का एक पुरुष गम्भीर घाइते भएका छन्। आइतबार दिउँसो गढी दरबारबाट हेटौंडा बजार तर्फ आउदै गरेको ना २ ह १२९० मा ढुङ्गा खस्दा अटो चालक  हेटौंडा ८ का ५४ वर्षीय सूर्ज सारू मगर गम्भीर घाईते भएको जनाइएको छ ।

मगर अटो चालक रहेको र अटोमा अन्य ३ जना सवार रहेकोमा अन्यलाई चोटपटक नलागेको जनाइएको छ। मगरको हेटौंडामा उपचार सम्भव नभएपछि थप उपचारको लागि चितवन रिफर गरिएको चितवनबाट काठमाडौं न्युरो अस्पताल रिफर गरिएको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जनाएका छन् ।

समाचार