हेटौंडामा स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु

हेटौंडा । हेटौडा उपमहानगरपालिका वडा नम्बर–१६ गुरुधामचोक स्थित धरानचतरा सडकखण्डमा स्कुटरको ठक्करबाट पैदलयात्रीको आज विहान मृत्यु भएको छ ।

ठुलोदमारबाट हटिया तर्फ आउदै गरेको बा प्र ०३(०४ प ९५२६ नबरको स्कुटरले पैदल यात्रिलाई ठक्कर दिई घाईते भएकोमा उपचारको क्रममा चितवनको पुरानो मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक श्यामु अर्यालले बताए ।

स्कुटरको ठक्करबाट स्थानीय ७६ वर्षियअनिरुद्र बस्ताकोटिको मृत्यु भएको हो । ठक्कर दिने बितिकै उपचारको लागि हेटौडा अस्पताल पठाईएकोमा सामान्य उपचार पश्चात थप उपचारको लागी चितवन रिफर भएकोमा आज बिहान मृत्यु भएको हो ।

समाचार