हेटौंडामा अचेत भेटिएका दुई जनाको मृत्यु

हेटौंडा। मकवानपुरको हेटौंडा १० मा अचेत अवस्थामा फेला परेका एक पुरुष र महिलाको मृत्यु भएको छ।
बुधबार बिहान हेटौंडा १० बसपार्कमा अन्दाजी ४० वर्षीया अस्मिता तामाङ र शुक्रबार बिहान अर्का पहिचान नखुलेको अन्दाजी ६५/७० वर्षीय वृद्धलाई बसपार्क एरियामा अचेत अवस्थामा फेला पारिएको थियो। नगर प्रहरीले मकवानपुर प्रहरीको समन्वयमा उपचारको लागि हेटौडा अस्पताल ल्याएकोमा उपचारको क्रममा मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ । मकवानपुर प्रहरीले शवको सनाखत र परिवारलाई प्रहरीको सम्पर्कमा आउन अनुरोध गरेको छ।

समाचार