गोली लागेर सैनिक जवानको मृत्यु

हेटौंडा । चितवनमा गोली लागेर शुक्रबार सैनिक जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा सैनिक जवान २२ वर्षीय चन्द्र किशोर दास रहेका छन् ।
दायाँ तिघ्रामा गोली लागेर गम्भीर घाइते भएका उनको नयाँ मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको चितवनका प्रहरी उपरीक्षक एसपी राजन लिम्बुले जानकारी दिए ।
भरतपुर महानगरपालिका-११ कसरास्थित नयाँ गोरख गणमा कार्यरत दास हतियार सफा गर्ने क्रममा अचानक फायर भएर गोली लागेपछि घाइते भएका थिए ।

समाचार