भिमफेदीमा भारतीय कारमा आगलागी

हेटौंडा। मकवानपुरको भिमफेदीमा गुडिरहेको कारमा  आगलागी भएको छ।
भैसे भिमफेदी सडकखण्ड अन्तर्गत  मकवानपुरको भीमफेदी गाउँपालिका-४ निबुवाटामा  काठमाडौंबाट हेटौडा जाँदै गरेको भारतीय नम्बर प्लेटका कारमा अचानक  आगो लागेको मकवानपुर प्रहरीले जनाएको छ।बुधबार साँझ जिजे १२ डिए ९६१८ नम्बरको भारतीय कारमा आगलागी भएको जनाइएको हो।
आगलागीबाट मानवीय क्षति नभएको मकवापुर  जनाइएको छ।

समाचार