मदन भण्डारी स्वास्थ बिज्ञान प्रतिष्ठानको नाम मेट्ने सबै रिहा

हेटौँडा ।  हेटौँडा अस्पताल मदन भण्डारी स्वास्थ बिज्ञान प्रतिष्ठान लेखिएको बोर्डमा प्रतिष्ठानको नाम मेटेको आरोपमा पक्राउ परेका सबै रिहा भएका छन्।

बिहीबार पक्राउ परेका ६ जनालाई प्रशासन कार्यालयले शुक्रबार धरौटीमा रिहा गरेको  हो । प्रमुख जिल्ला अधिकारी स्कीम श्रेष्ठको आदेशमा हेटौँडा अस्पतालको बोर्डबाट मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको नाम मेटाएको अभियोगमा  हेटौँडा–५ का विशालराज महत, हेटौँडा–४ का सुनिल गिरी, हेटौँडा–७ का सफल अधिकारी, मकवानपुरगढी–५ का राजकुमार घिमिरे, अस्मित अधिकारी र समुन्द्र दाहाललाई पक्राउ गरिएको थियो।
उनीहरुलाई पक्राउ गरी बिहीबार ५ दिनको म्याद थप गरिएको थियो। प्रमुख जिल्ला अधिकारीले जनही १ हजार रुपैयाँ जरिवाना तिराएर थुनामुक्त गर्न आदेश दिएपछि प्रहरीले पक्राउ परेकाहरुलाई जनही ७०० रुपैयाँ धरौटी बुझाएर रिहा भएको मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिएका छन्। पक्राउको विरोधमा विभिन्न दलले हेटौंडाको मानसचोकमा विरोध प्रदर्शन गरेको थियो भने बिहीबार एकघण्टा जिप्रका मोडमा सडकजाम गरेको छ ।

 

समाचार