प्रेस स्वतन्त्रताप्रति मेरो सम्मान छ : लामा

हेटौंडा उपमहानगरपालिकाकी नगर प्रमुख मिना कुमारी लामाले प्रेस स्वतन्त्रताको सम्मानमा आफू प्रतिबद्ध रहेको बताए ।

सामाजिक सञ्जाल मार्फत्  स्पष्टीकरणसहित विज्ञप्ति जारी गर्दै नगर प्रमुख लामाले उपमहानगरपालिका सधैं प्रेस स्वतन्त्रताको सम्मान गर्दै अघि बढ्ने बताए । नगरप्रमुख हुनुको नाताले आफू प्रेस स्वतन्त्रता र सञ्चारकर्मीप्रतिको आदरभावमा अटल रहेको उनीद्धारा लिखित धारणामा जनाइएको छ ।

केही दिन अघि सञ्चार माध्यमबाट आफूले दिएको अभिव्यक्ति प्रेस जगतलाई चोट पु¥याउने मनसायले नभई परिस्थितिजन्य घटनाका रुपमा बुझिदिनुहुन उनले सञ्चारकर्मीहरूमा अनुरोध समेत गरेकी छन ।

आगामी दिनमा पनि प्रेस र उपमहानगरपालिकाबीचको पदाधिकारीसँगको भेटमा पनि नगरप्रमुख लामाले आफूले प्रेस जगत प्रति कहिल्यै दुर्भावना नराखेको बताए । ।

समाचार