पाथिभरा जादै गरेको गाडीमा बिजुलीको पोल ढल्दा ४को मृत्यु

इलाम। ताप्लेजुङको प्रसिद्ध शक्तिपिठ पाथिभरा मन्दिर तर्फ जाँदै गरेको जिपमाथि बिजुलीको पोल ढल्दा करेन्ट लागेर चार जनाको मृत्यु भएको छ भने २ जना गम्भीर घाइते भएका छन्।

सोमबार बिहान ५ बजे ताप्लेजुङको फुङ्लिङ नगरपालिका-१० सेवारो चोक नजिकै मे १ छ ३०११ नम्बरको बोलेरो जिपमाथि ११ हजार भोल्टेज प्रवाह भइरहेको बिजुलीको  तारले छुदा गाडीमा आगो लागेको थियो। बिजुलीको पोल ढलेर करेन्ट लाग्दा चालकसहित ४ जनाको मृत्यु भएको ताप्लेजुङ प्रहरी कार्यालयका सूचना अधिकारी इन्स्पेक्टर विवेक बस्नेतले जनाएका छन् । ४ जनाको शव डढेको अवस्थामा गाडिबाट निकालिएको थियो।
मृत्यु हुनेमा गाडी चालक दुर्गा भट्टराईको मात्र शनाखत भएको र अन्यको हुन  नसकेको जनाइएको छ । घाइतेको उद्धारगरी उपचारको लागि स्थानीय अस्पतालमा लगिएको जनाइएको हो। घटनाको आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।

समाचार