हेटौंडामा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

हेटौंडा । मकवानपुरको हेटौंडा ९ एचआईडीमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ।

पुर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा ९ एचआईडीमा पोखराबाट उदयपुर कटारी तर्फ जाँदै गरेको ना ७ ख ११०१ नम्बरको यात्रु बाहक बसले पैदल यात्री पर्सा सखुवा पर्सौनी गाउँपालिका वडा नम्बर ३ कटैया बस्ने बर्ष अन्दाजी ३६ को परबेज अन्सारीलाई ठक्कर दिदा उनको ज्यान गएको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जनाएका छन् । बसको ठक्करबाट गम्भीर घाइते उनको उपचारको क्रममा  सोमबार बिहान हेटौंडा अस्पतालमा ज्यान गएको जनाइएको छ ।

मृतक ना५ख ८६६८ नम्बरको ट्रकको धनी रहेको उनको ट्रक सोही एरियामा बिग्रिएर मर्मतको लागी मिस्त्री बोलाई ट्रक मर्मत गरी मिस्त्री र सामान पुर्याउन पैदल जाने क्रममा बसले  ठक्कर दिएको जनाइएको छ।घटनापछि फरार रहेको बस तथा चालकलाई इलाका प्रहरी कार्यालय अमलेखगन्जको समन्वयमा नियन्त्रणमा लिएको जनाइएको छ ।

समाचार