हेटौंडा अस्पतालमा चमेना गृह सञ्चालनमा

हेटौंडा । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत रहेको हेटौंडा अस्पतालमा आज देखि नयाँ चमेना गृह (क्यान्टिन) औपचारिक रूपमा सञ्चालनमा आएको छ। आर्थिक वर्ष २०८०/८१ मा निर्माण सम्पन्न भएको चमेना गृहलाई प्रतिष्ठानले आर्थिक वर्ष २०८१/८२ का लागि न्यूनतम भाडादर १ लाख ३० हजार( तोकी अनलाइन बोलपत्रमार्फत प्रतिस्पर्धा गराईएको थियो।

प्रतिस्पर्धात्मक बोलपत्र प्रक्रियामा ८ वटा चमेना गृह सञ्चालकहरूले भाग लिएका थिए। तीमध्ये सुनिल क्यान्टिनले मासिक ७ लाख ७६ हजार को अधिकतम भाडा कबोल गरेको थियो। सोही अनुसार प्रतिष्ठान र सुनिल क्यान्टिनबीच सम्झौता सम्पन्न भएको छ।

नयाँ चमेना गृह सञ्चालनमा आएपछि हेटौंडा अस्पतालमा उपचारको लागि आउने बिरामी, बिरामीका कुरुवा, चिकित्सक तथा अस्पतालका कर्मचारीहरूले स्वच्छ, सफा र स्वस्थ खाना तथा खाजाको सुविधा प्राप्त गर्न सक्ने छन्। चमेना गृहको उद्घाटन प्रतिष्ठानका उपकुलपति डाक्टर प्रदीप ज्ञवालीले गर्नुभयो ।

समाचार