टिभिएसले गर्‍यो हेटौंडामा एक्सचेन्ज मेनिया

मकवानपुर, २३ बैशाख । टिभिएस मोटरसाइकलले नयाँ बर्ष २०८२को उपलक्ष्यमा विभिन्न सुविधासहित एक्सचेन्ज मेनिया कार्यक्रम सञ्चालन गरेको छ ।

हेटौंडामा जगदम्बा मोटर्सको आधिकारिक बिक्रेता हेटौंडा अटो मार्टसले आफ्ना ग्राहकलाई लक्षित गर्दै टिभिएसको एक्सचेन्ज मेनिया कार्यक्रम सञ्चालन गरेको सञ्चालक कन्चन बुढाथोकीले बताए । एक्सचेन्ज अफरअन्तर्गत ग्राहकले एक लाख रुपैयाँसम्म छुट पाउनेछन् ।

कार्यक्रममा जस्तोसुकै पुरानो बाइक वा स्कुटरको न्युनतम ३० हजार रुपैयाँको मूल्यांकन सुविधा, आकर्षक फाइनान्सिङ योजनाअन्तर्गत ग्राहकले ७.९९ प्रतिशत ब्याजदरमा १८ महिने सरल किस्ताबन्दीमा मोटरसाइकल तथा स्कुटर खरिद गर्ने अवसर रहेको छ ।



सञ्चालक बुढाथोकीका अनुसार एक्सचेन्ज मेनिया कार्यक्रम बैशाख २१ गतेदेखि २६ गतेसम्म हेटौंडाको रानीदरवार अगाडिको टिभिएस सोरुममा सञ्चालन हुनेछ ।


अफरअन्तर्गत मोटरसाइकल तथा स्कुटर खरिदमा ग्राहकले हेल्मेट निःशुल्क पाउने छन् । साथै, टिभिएस लाइफ टाइम वारेन्टी पनि उपलब्ध हुनेछ ।

अर्थ विज्ञान प्रविधि समाचार