कलंकी-फाखेल सडकखण्ड १९ दिन बन्द रहने

 हेटौंडा । हेटौंडा हुदै काठमाडौ जाने   वैकल्पिक मार्गको रुपमा रहेको कुलेखानी–कलंकी–हुमाने सडक खण्ड १९ दिनका लागि बन्द हुने भएको छ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरले एक सुचना जारी गर्दै सडक बन्द हुने जनाएको हो । सडक स्तरोन्नति तथा कालोपत्रे गर्ने कामका लागि उक्त सडक खण्डमा तत्काल सवारी आवागमन पूर्ण रूपमा बन्द गरिने जिल्ला प्रशासन कार्यालय मकवानपुरले जारी गरेको विज्ञप्तिमा भनिएको  छ।

प्रशासनले मंगलबार एक सार्वजनिक सूचना जारी गर्दै जेठ २ गतेदेखि २० गतेसम्म (१९ दिन) का लागि उक्त सडकखण्डमा सवारी सञ्चालनमा रोक लगाइने जनाएको हो। पूर्वाधार विकास कार्यालय, हेटौँडाको अनुरोधमा सडक मर्मत तथा कालोपत्रेको काम सम्पन्न नहुँदासम्मका लागि सवारी आवागमन बन्द गर्ने  निर्णय गरिएको हो।

 

FB_IMG_1747138533170-1747152540.jpg
समाचार