हेटौंडामा सुपरफास्ट इभी चार्जिङ स्टेसन सुरु, मुख्यमन्त्रीद्वारा उद्घाटन

हेटौंडा– नेपाली पानीबाट उत्पादन भएको बिद्युतलाई अधिकतम उपयोग गर्नका लागि पछिल्लो समय इलेक्ट्रोनिक्स सवारीहरुमा गरीने चार्जिङ स्टेशनको बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले उद्घाटन गरेका छन् । नेपाली बजारमा बिद्युत उपकरण ट्रान्सर्फमर उत्पादन गर्ने उद्योगको रुपमा नाम कमाएको ‘निक’ ले नेपालमै पहिलो पटक सञ्चालनमा ल्याएको सुपरफाष्ट चार्जिङ स्टेशनको मुख्यमन्त्री लामाले उद्घाटन गरेका हुन् ।

स्टेशनको उद्घाटन गदै मुख्यमन्त्री लामाले पहिलो पटक नयाँ ढंगबाट सञ्चालनमा आएको स्टेशनलाई प्रदेशभरी लैजान जरुरी रहेको बताए । उनले बाताबरण संरक्षणको लागि इलेक्ट्रोनिक चार्जिङ स्टेशन जरुरी रहेको भन्दै सेवा बिस्तारमा लाग्न सुझाब दिए । स्टेशनका कारण नेपाली बजारमा रहेको आर्थिक श्रोत यहि रहन सहज हुने बताए । उनले नयाँ टेक्नोलोजि नेपालमा ल्याएको हुवाबेलाई उता रहेको ज्ञानलाई नेपाली बजारमा ल्याउदै सहकार्यको वातबरण बनाउँन आग्रह गरे । यसले नेपाली बजारमा रोजगारीको अवसर प्रदान गर्न मद्दत पुग्ने उनको भनाई थियो ।

कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मीनाकुमारी लामाले हेटौंडाको पहिचानको रुपमा रहेको हरीत हेटौंडालाई थप सुन्दर बनाउन चार्ज स्टेशनले मद्दत पुग्ने बताइन् । धुवाँ धुलोबाट सुरक्षित रहँदै प्रदेशको राजधानी शहरको वाताबरणलाई सफा राख्न सकिने उनको भनाई थियो । सरकार र निजी क्षेत्रले नेपाली श्रोतलाई परिचालन गर्दै उत्पादन भएको बिद्युतलाई यहि प्रयोग गर्दा बताबरण मैत्री हुने उनको भनाई थियो । उनले भनिन् ‘स्टेशनले सवारीबाट हुने प्रदुषण रोक्न र हेटौंडालाई सुन्दर बनाउन भुमिका खेल्ने छ ।’

चाइनाको प्रतिष्ठित कम्पनी हुवाबेसँगै गाडी चार्जको सहकार्यमा निकले ४ सय किलोवाटको स्टेशन सञ्चालनमा ल्याएको छ । न्युनतम इन्धन सवारीलाई पम्पमा लाग्ने समयमै चार्ज गर्न सकिने गरी सञ्चालनमा आएको स्टेशनबाट ५ देखी १५ मिनेट मित्र सवारी फुल चार्ज हुने गाडी चार्जि·का स्टेशन प्रमुख प्रेशा श्रेष्ठले जानकारी दिइन् । करिब ११ महिनाको लामो प्रयास पछि हामिले हरीत नगरी हेटौंडामा बातारवरण मैत्री सेवा सञ्चालनमा ल्याउन सकेको बताइन् । स्टेशनमा ५ वटा प्वाईट मार्फत सवारी चार्ज गर्न सकिने व्यवस्था गरीएको छ ।

स्टेशनमा बिद्युत आपुर्ति बन्द हुन नदिनका लागि २४०÷२२० केभीको सोलारको पनी व्यवस्थापन गरेको बताइएको छ । निकले हरीत हेटौंडा मैत्री उत्पादन प्रकृयामा ध्यान दिँदै कामलाई अघि बढाएको जनाएको छ । गाडी चार्जसँगको समन्वयमा पहिलो पटक ल्याएको प्रबिधिलाई बिस्तार गरीने कम्पनीले जानकारी दिएको छ । स्टेशनको उद्घाटनसँग हरेक चार्जि· प्वाइनट नजिकै हरीयो शहरको रुपमा बिरुवा रोपिएको छ ।

निकका प्रबन्ध निर्देशक कुशकुमार जोशीको अध्यक्षतामा भएको कार्यक्रममा हुवाबे नेपालका प्रमुख जेम्स, मकवानपुर उद्योग बाणिज्य संघका अध्यक्ष प्रमोदसिंह रानाभाट, ब्रिटिस एम्बेशीका प्रतिनिधी रेशा प्रिया, उद्योग परिसंघ बागमती प्रदेशका अध्यक्ष लेखराज पोखरेल लगाएतको आतिथ्यता थियो ।

समाचार