सुनको गहना चोरीमा संलग्न ३ जना पक्राउ

मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं. १८ स्थित रामधुनी चोकमा एक महिलाको घरबाट चोरी भएको सुनको गहना प्रकरणमा संलग्न तीन जना पक्राउ परेका छन्।

उषा परियारको घरबाट सुनको एक थान तिलहरी चोरी भएको भन्ने जाहेरीपछि प्रहरीले अनुसन्धान थालेको थियो। अनुसन्धानका क्रममा प्रहरी चौकी ठुलोदमारबाट खटिएको टोलीले घटनामा संलग्न तीन जनालाई चोरी गरिएको गहनासहित पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा ऐनापुर बस्ने २४ वर्षीय उपेन्द्र बहादुर विश्वकर्मा, ३० वर्षीय संजिव गोतामे र वडा नं. ४ का २५ वर्षीय सन्त बहादुर बराईली रहेका छन्।

उनीहरूलाई जिल्ला अदालत मकवानपुर, हेटौंडाबाट पाँच दिनको म्याद अनुमति लिई चोरी तथा डाँका सम्बन्धी कसुरअन्तर्गत थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार घटनामा संलग्नता पुष्टि गर्ने प्रमाणसहित अनुसन्धानलाई तीव्रता दिइएको छ र आवश्यकता अनुसार थप कानुनी प्रक्रिया अगाडि बढाइएको छ ।

समाचार