मकवानपुरको थाहानगरमा धारिलो हतियार प्रहार गरी महिलाको मृत्यु

हेटौंडा । मकवानपुरको थाहानगरमा धारिलो हतियार प्रहार गरी महिलाको मृत्यु भएको छ। महिलालाई देवरले धारिलो हतियार खुकुरी प्रहार गरि हत्या गरेका हुन्।

जिल्लाको थाहानगरपालिका वडा नम्बर १ कुञ्छालमा बिहीबार दिउँसो ५० वर्षीया तुलमाया गोपालीको हत्या भएको मकवानपुर प्रहरीले जनाएको छ । तुलमायाको देवर नाता पर्ने छिमेकी अन्दाजी ३५ वर्षीय जीवन गोपालले हत्या गरेको प्रहरीले जनाएको छ ।

जीवनले धारिलो हतियार प्रहार गरी तुलमायाको हत्या गरेको मकवानपुर प्रहरी प्रमुख एसपी विश्व खड्का जनाएका छन् ।
जीवनको हतियार प्रहारबाट तुलमायाको टाउको र घाँटीमा चोक लागेको  जनाइएको छ।

घटनापछि जीवन फरार रहेको प्रहरीले जनाएको छ। उनको खोजी कार्यका लागि प्रहरी परिचालन गरिएको र घटनाको आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।

समाचार