शुक्रबार राती हेटौंडामा भारी वर्षा, बाढीको उच्च जोखिम

हेटौंडा ।  मकवानपुरको हेटौंडा वर्षामापन केन्द्र र वरपरका क्षेत्रमा अत्यधिक वर्षा मापन गरिएको छ ।

यसका कारण सो क्षेत्र भएर बहने कर्रा, सम्री, पूर्वी राप्ती नदीसहित अन्य साना खोलामा आकस्मिक बाढी आउने सम्भावना रहेको छ ।

तसर्थ, तटीय क्षेत्रमा बसोबास गर्ने तथा डुवानको जोखिममा पर्ने होचा भू-भागमा रहेका  सबै नागरिकहरूलाई आवश्यक सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभाग अनुरोध गरेको छ।

समाचार