हेटौंडा उपमहानगरको नयाँ नीति:तेस्रो सन्तान जन्माउन प्रोत्साहन

हेटौंडा ।  हेटौंडा उपमहानगरपालिकाले आफ्नो नीति तथा कार्यक्रममा तेस्रो सन्तान जन्मलाई प्रोत्साहन नीति अवलम्बन गरेको छ ।

केहीवर्ष अगाडिसम्म ‘दुई सन्तान इश्वरको बरदान’ भन्ने नारा अवलम्बन गरेको बागमती प्रदेशको एकमात्र उपमहानगरले आगामी आर्थिक वर्ष २०८२/८३ बाट तेस्रो सन्तान जन्मलाई प्रोत्सहन गर्ने नीति अवलम्बन गरेको हो ।

हेटौंडा उपमहानगरका प्रमुख मीनाकुमारी लामाले मंगलबार नगरसभामा पेस गरेको नीति तथा कार्यक्रममा तेस्रो सन्तान जन्मलाई प्रोत्साहन गर्न कोष खडा गरी आवश्यक कार्यक्रम सञ्चालन गरिने उल्लेख छ ।

उपमहानगरले आगामी आर्थिक वर्षमा हेटौंडा अस्पतालमा निर्माण थालनी गरिएको एकसय बेडको बाल तथा प्रसुती कक्षको अधुरो निर्माण कार्यलाई सम्पन्न गरी एनआईसीयू र पीआईसीयू सेवा सञ्चालन गरिने जनाएको छ ।

एनआईसीयू सेवाको अभावमा हेटौंडामा नवजात शिशुको जन्म समयमा उपचारका चितवन धाउनुपर्ने बाध्यात्मक अवस्था हट्ने विश्वास लिइएको छ ।

समाचार