३१७ किलो चरेससहित थाहाका स्याङ्तान पक्राउ

हेटौंडा । पर्सा प्रहरीले परवानीपुरबाट करिब ३१७ किलो चरेससहित मकवानपुरको थाहा नगरपालिकाका एकजना लाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ट्रक चालक मकवानपुरको थाहा नगरपालिका-१२ का ३६ वर्षीय बुद्धिबहादुर स्याङ्तान रहेका छन् । स्याङ्तानको साथबाट चरेससहित एक लाख ९२ हजार रुपैयाँ नगद समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।

परवानीपुरबाट वीरगन्जस्थित सुक्खा बन्दरगाहतर्फ जाँदै गरेको प्रदेश २-०३-००१ ख ६३४८ नम्बरको ट्रक जाँचका क्रममा चरेस र नगद बरामद गरेको प्रहरीले जनाएको छ ।

समाचार