शिक्षासहित तीनवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसद अन्तर्गत रहेका विभिन्न तीनवटा संसदीय समितिका बैठक बस्दै छन् । बिहीबार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति र विधायन व्यवस्थापन समितिका बैठक बस्न लागेका हुन् ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयक–२०८० सम्बन्धी समितिको प्रतिवेदनमाथि छलफल हुनेछ ।

यस्तै, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बिहान १० बजे सिंहदरबारमा बस्नेछ । बैठकमा भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ ।

विधायन व्यवस्थापन समितिको बैठक बिहान ११ बजे सिंहदरबारस्थित समितिको बैठक कक्षमा बस्नेछ । बैठकमा संघीय निजामती सेवा विधेयक, २०८० माथि दफावार छलफल हुनेछ ।

राजनीति समाचार